काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले पहिलोपटक ४२ सय डलरको आँकडा पार गरेको छ । आज २.०६ प्रतिशत अर्थात ८५ डलरले बढेसँगै सुनको भाउले ४२ सय डलरको आँकडा पार गरेको हो ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार २३३ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । विश्वका दुई शक्ति राष्ट्र चीन र अमेरिकाबीच देखिएको व्यापारिक तनाव र अमेरिकी केन्द्रीय बैंक, डलर कमजोर बन्दा र फेडरल रिजर्भले ब्याजदर कटौती गर्न सक्ने उच्च सम्भावनाका बीच सुनको भाउमा पछिल्लो समेत निरन्तर उछाल आईरहेको छ ।
सोमबार सुनको भाउले पहिलोपटक प्रतिऔंस ४१ सय डलरको आँकडा पार परेको थियो । विश्वका केन्द्रीय बैंकले खरिद बढाउनु, विश्व राजनीतिक र आर्थिक अनिश्चितता जस्ता विविध कारणले यस वर्ष सुनको भाउमा व्यापक वृद्धि देखिएको हो ।
बैंक अफ अमेरिकाका विश्लेषकहरुले सुनको भाउ सन् २०२६ सम्म प्रतिऔस ५ हजार डलरसम्म पुग्न सक्ने आँकलन गरेका छन् ।

यस्तै आज चाँदीको भाउमा समेत बढोत्तरी आएको छ । चाँदीको मूल्य १.२५ डलरले बढ्दै प्रतिऔंस ५३.१६ डलरमा कारोबार भईरहेको छ ।