काठमाण्डौ । ग्लोबल आइएमई बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत निक्षेपतर्फ ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको बढाएको छ ।
बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असोज महिनाका लागि पनि बैंकले व्यक्तिगततर्फ अधिकतम ६ र संस्थागततर्फ भने ३.२५ प्रतिशत अधिकतम ब्याजदर दिएको थियो ।
व्यक्तिगत निक्षेपतर्फ कात्तिक महिनामा ३ देखि ६ महिना तलका लागि ३.५० प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि ३.७५ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ४.५० प्रतिशत, २ वर्ष र ३ वर्षभन्दा तलका लागि ५.५० प्रतिशत, ३ वा सो भन्दामाथिका लागि ६ प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।
संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्ष तलका लागि २.७५ प्रतिशत र १ वर्षदेखि २ वर्ष तलका लागि ३ प्रतिशत र ३ वर्ष र सो भन्दा माथिका लागि ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।