काठमाण्डौ । निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो कारोबारमा सुनको मूल्य ०.९४ प्रतिशत अर्थात ४० डलरले घटेको हो ।
यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ४ हजार २४९ डलरमा कारोबार भईरहेको छ । गत साता सुनको मूल्य प्रतिऔंस ४ हजार ३७८ डलरको उचाईमा पुगेको थियो । जुन हालसम्मकै उच्च हो ।
डलर बलियो बन्दा सुनको मूल्य घटेको हो । डलर इनडेक्स ०.१ प्रतिशतले घटेको छ । डलर बलियो बन्दा डलरबाहेकका मुद्राधारकहरुलाई सुनको खरिद महङ्गो पर्दा सुनको मागमा कमी आउदा मूल्य समेत घट्न पुगेको हो ।
गत साता सुनको मूल्यमा सन् २००८ पछिकै उच्च साप्ताहिक वृद्धि देखिएको थियो । यस वर्ष सुनको मूल्य ६४ प्रतिशतभन्दा बढीले बढिसकेको छ ।
यस्तै पछिल्लो कारोबारमा चाँदीको भाउमा समेत गिरावट आएको छ । २.०७ डलरको गिरावटका साथ चाँदीको मूल्य प्रतिऔंस ५१.९१ डलरमा कारोबार भईरहेको छ ।