सोमबार, श्रावण १८,२०८३ 02:06:46
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:06:46
Bizshala
Global IME Bank Limited

चीनले लगायो अमेरिकामाथि साइबर हमलाको आरोप, वित्तीय सेवा र विद्युत आपूर्ति ठप्प हुन सक्ने

चीनले लगायो अमेरिकामाथि साइबर हमलाको आरोप, वित्तीय सेवा र विद्युत आपूर्ति ठप्प हुन सक्ने
New Office

काठमाण्डौ । चीनले अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सी (एनएसए) ले आफ्नो राष्ट्रिय समय सेवा केन्द्रमा साइबर आक्रमण गरेको आरोप लगाएको छ । चीनले यी आक्रमणहरूले नेटवर्क संचार, वित्तीय प्रणाली र विद्युत आपूर्ति जस्ता अत्यावश्यक सेवाहरू अवरुद्ध गर्न सक्ने जनाएको छ।

यो समाचारले दुई देशबीच पहिलेदेखि नै विद्यमान तनावलाई थप बढाउन सक्ने जनाइएको छ । चीनको राज्य सुरक्षा मन्त्रालयले आफ्नो वीच्याट पोस्टमा सन् २०२२ मा एनएसएले विदेशी मोबाइल फोन ब्रान्डको सन्देश सेवामा त्रुटिको फाइदा उठाएको जनाएको छ । यसमार्फत केन्द्रका कर्मचारीको यन्त्रबाट गोप्य सूचना चोरी भएको थियो । मन्त्रालयले उक्त मोबाइल ब्राण्डको नाम भने खुलाएको छैन ।

यसका साथै सन् २०२३ र २०२४ को बीचमा एनएसएले नेटवर्क प्रणालीहरूलाई लक्षित गर्दै ४२ प्रकारका विशिष्ट साइबर आक्रमण उपकरणहरू प्रयोग गरेको जनाएको छ । नेशनल टाइम सर्भिस सेन्टर चीनको लागि धेरै महत्त्वपूर्ण छ। यस केन्द्रले देशको मानक समय निर्धारण गर्दछ र सञ्चार, वित्त, ऊर्जा, यातायात र रक्षा जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा समय सेवाहरू प्रदान गर्दछ।  

यदि यो केन्द्र क्षतिग्रस्त भयो भने, यी क्षेत्रमा गम्भीर समस्या हुन सक्छ। अधिकारीहरूले केन्द्रलाई सम्भावित खतराहरूबाट जोगाउन र जोखिम कम गर्न दिशानिर्देश जारी गरेको बताएका छन् ।  

पछिल्ला केही वर्षहरूमा पश्चिमी देशहरूले चीनसँग सम्बन्धित ह्याकरहरू विरुद्ध धेरै आरोप लगाएका छन्। उनीहरुले ह्याकरहरूले सरकारी अधिकारीहरू, पत्रकारहरू, कम्पनीहरू र अन्य मानिसहरूलाई लक्षित गरेको बताएका छन्। अब चीनको यो नयाँ भनाइले साइबर सुरक्षाका सम्बन्धमा दुई पक्षबीचको बहसलाई थप चर्काउन सक्ने आँकलन गरिएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.