काठमाण्डौ । प्रधानमन्त्री सुशिला कार्कीले चलनचल्तीका नेपाली नोटमा नेवाल संवत् उल्लेख गरिने बताएकी छन् । नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
‘नेपाल राष्ट्र बैंकद्वारा निष्काशित गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिवद्धता जाहेर गर्दछु’ उनले भनिन् ।
यस्तै उनले नेपाल सम्बतलाई सरकारी कार्यालयमा प्रभावकारी कार्यान्वयन गर्ने र यसको अनुगमन समेत गरिने जानकारी दिइन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।