काठमाण्डौ । अन्तराष्टिय बजारमा सुनचाँदीको मूल्यमा तीव्र उतारचढाव देखिएको छ ।
गत २४ घण्टामा विगत १३ वर्षकै उच्च गिरावट व्यहोरेको सुनको मूल्य पछिल्लो ६ घण्टाको अवधिमा घटबढमै रुमल्लिरहेको छ । गिरावटको क्रम केही कम भई १ प्रतिशतसम्मले मूल्य बढे पनि अहिले फेरि घट्न थालेको छ ।
यो ६ घण्टामा सुनको मूल्य प्रति ट्रोय औंस९लगभग ३१।१० ग्राम० ४०६२ डलरको विन्दूमा झरेको देखिएको छ । यो समाचार तयार पार्दासम्म थोरै बढेर प्रति औंस ४०७६ डलरको उचाईमा पुनः फर्किएको छ ।
पछिल्लो ६ घण्टामा सुनको मूल्य उच्चतम ४१६० डलरसम्म पुगेको थियो ।

उता, चाँदीको मूल्यमा समेत उतारचढाव जारी नै छ । चाँदी भने पछिल्लो ६ घण्टाको अवधिमा ४८ डलर प्रति औंससम्म झरेको थियो । सबैभन्दा बढी चाहि ४९.३० डलरमा पुगेको थियो । यो समाचार तयार पार्दासम्म चाँदीको मूल्यमा केही सुधार भई ४८.५९ डलरमा फर्किएको छ ।