काठमाण्डौ । सार्क चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजबाट गठन गरिएको युवा उद्यमीको फोरममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य देश बन्धु बस्नेत (अजित) उपाध्यक्षमा मनोनयन भएका छन् ।
यसैगरी उक्त फोरममा शिवम् अर्गनाइजेसन विराटनगरका सञ्चालक प्रतिक राउत, स्काई रोड क्यारियर्सका प्रबन्ध निर्देशक रितेश लामिछाने, आइएमइ मोटर्सका सीइओ निशान ढकाल, ग्लोबल इक्विटी फण्डका साझेदार आशिष ढकाल, मेरीगोल्ड ज्वेलर्सका सञ्चालक साम्राज्य श्रेष्ठ र पराजुली टि इण्डष्ट्रीजका सञ्चालक आदित्य पराजुली मनोनयन हुनुभएको सार्क चेम्बर अफ कमर्स इन्डस्ट्रीका महासचिव जूल्फीकर अलि बटले जानकारी गराए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।