सोमबार, श्रावण १८,२०८३ 03:37:55
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:37:55
Bizshala
Global IME Bank Limited

तीन दिनमा सुन ६.५१% र चाँदी ८.२८% ले घट्यो, पछिल्लो अपडेट के छ ?

तीन दिनमा सुन ६.५१% र चाँदी ८.२८% ले घट्यो, पछिल्लो अपडेट के छ ?
New Office

काठमाण्डौ । सुनको मूल्य तीन दिनमा ६.५१ प्रतिशतले घटेको छ ।  

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको हो । पछिल्लो तीन दिनको अवधिमा सुनको मूल्य ९ प्रतिशतसम्मले घटेको थियो । पछिल्ला केही घण्टा चाहिँ घट्न बन्द भएर सुधा हुन खोज्दा मूल्य केही सम्हालिएको छ । जसका कारण तीन दिनको अवधिमा सुनको मूल्य ६.५१ प्रतिशतले घटेको देखिएको हो । 

हिजो पनि अन्तराष्ट्रिय बजारमा कारोबार खुलेलगत्तैदेखि सुन र चाँदीको मूल्य घटेको थियो । लामो समयसम्म झिनो अंकले मूल्य घट्यो । १२ घण्टाअघिसम्म  करिब ४००० प्रति औंसमा झरिसकेको सुनको मूल्य सम्हालिएर यो समाचार तयार पार्दासम्म ४०८९ डलरमा फर्किएको छ । यसरी सोमबार प्रति औंस ४३७४ डलरको उचाईमा पुगेको मूल्यमा तीन दिनमै ६.५१ प्रतिशतको गिरावट दर्ज भएको छ ।  

यस्तै, चाँदीको मूल्य समेत तीन दिनको वधिमा ८.२८ प्रतिशतले घटेको छ । तीन दिनअघि सोमबार उच्चतम ५३ डलर प्रति औंसमा पुगेको चाँदीको मूल्य यो समाचार तयार पार्दासम्म सम्हालिएर ४८.६२ डलरमा पुनः उक्लिएको छ । यो तीन दिनको अवधिमा चाँदीको मूल्य ४७ डलरसम्म झरेको थियो । 

यसरी सुनचाँदीको मूल्यमा भीषण गिरावट रोकिएको जस्तो देखिएको छ । विश्लेषकहरुले यो तीन दिनको उच्च गिरावट स्वस्थ्य करेक्सन रहेको दाबी गर्दै मूल्य अब उकालो लाग्न थाल्ने प्रक्षेपण गरेका छन् ।  

सिएनएन मनी, बीबीसी विजिनेश, रोयटर्स, सिएनबिसी लगायतमा प्रकाशित प्रक्षेपणहरुमा समेत सुनको मूल्य अब धेरै नघट्ने दाबी गरिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.