IME remit
  • आईतवार, कार्तिक ९,२०८२ 02:42:43
IME remit
Global IME Bank Limited

समुद्रमा लुकेको २ करोड टन सुनको रहस्यः निकालिए सुनको मूल्य पित्तल जस्तो हुने दाबी

Hyundai Nepal
समुद्रमा लुकेको २ करोड टन सुनको रहस्यः निकालिए सुनको मूल्य पित्तल जस्तो हुने दाबी
Shivam Cement

काठमाण्डौ । हालै सुनको मूल्यमा अत्यधिक वृद्धि देखिएको छ। यस वर्ष सुनको मूल्य करिब ५० प्रतिशतले बढेको छ भने यसले अन्तर्राष्ट्रिय बजारमा ४० पटकभन्दा बढी नयाँ रेकर्ड कायम गरेको छ।  

गत सोमबार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पहिलो पटक प्रति औंस ४,३०० डलर भन्दा माथि पुगेको थियो। वित्तीय विश्लेषकहरूको अनुमानअनुसार, डिसेम्बर २०२६ सम्म सुनको मूल्य प्रति औंस ४,९०० देखि ५५०० डलरसम्म पुग्न सक्छ।

विज्ञहरूले सुनको मूल्य वृद्धि के कारण भएको हो भनेर केहि मुख्य कारण औंल्याएका छन्। सुनको माग हाल १४ वर्षकै उच्च स्तरमा पुगेको छ।  

अर्को एक अनुमान अनुसार, अहिलेसम्म विश्वभर करिब २,०८,८७४ टन सुन मात्र उत्खनन गरिएको छ। तर समुद्रमा अझै करिब २ करोड टन सुन लुकेको छ। यदि भविष्यमा यो सुन निकाल्न सम्भव भयो भने सुनको मूल्यमा ठूलो गिरावट आउन सक्नेछ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

समुद्रमा सुनको मूल्य

फोर्ब्सको रिपोर्ट अनुसार, समुद्रमा रहेको सुनको मूल्य करिब २,००० ट्रिलियन डलर हुनसक्छ। यो विश्वको कुल जीडीपीको करिब २० गुणा र अमेरिकाको जीडीपीको ६६ गुणा बराबर छ।  

अमेरिकाको नेशनल ओशन सर्विसका अनुसार उत्तरी प्रशान्त र अटलांटिक महासागरमा हरेक १०० मिलियन मेट्रिक टन पानीमा करिब एक ग्राम सुन रहेको छ।

तर, यस्तो ठूलो मात्रा भए पनि सुन निकाल्न कठिन छ। कारण, समुद्री पानीमा प्रत्येक लिटरमा सुनको मात्र एक ग्रामको १३ अर्ब भाग मात्र हुन्छ। यसको अर्थ, यसलाई निकाल्न अत्यन्त महँगो र प्राविधिक रूपमा चुनौतीपूर्ण छ।

इतिहास र प्रयास

समुद्री पानीबाट सुन निकाल्ने प्रयासहरू विगतमा भएका छन्। १८९० को दशकमा पेस्टर फोर्ड जर्नेगनले इलेक्ट्रिसिटी र मरकरीको माध्यमबाट लङ आइल्याण्ड साउन्डबाट सुन निकाल्ने योजना बनाएका थिए। उनले इलेक्ट्रोलाइटिक मरीन सॉल्ट्स कम्पनी समेत स्थापना गरे र लगानीकर्ताबाट १० लाख डलर संकलन गरे। तर केही समयपछि जर्नेगन गायब भए। त्यसपछि पनि विभिन्न व्यक्तिहरूले समुद्रबाट सुन निकाल्ने प्रयास गरे, तर सफल भएनन्।

साइंसिक अध्ययन अनुसार, समुद्रबाट सुन निकाल्न इलेक्ट्रोकेमिकल एक्स्ट्र्याक्सन, हाइड्रोलिक माइनिङ र अन्य उच्च प्राविधिक तरिकाहरू अपनाउन सकिन्छ। तर अहिलेसम्म कुनै पनि विधि व्यावहारिक र सस्तो साबित भएको छैन।

CG Motors
Muktinath Bikas Bank Limited

विश्वमा सुनको माग र भण्डारण

विश्वका केन्द्रिय बैंकहरूले पनि हाल सुनको भण्डारण बढाएका छन्।  

अमेरिकामा ८,१३३ टन सुन छ भने जर्मनीमा ३,३५० टन, इटालीमा २,४५२ टन, फ्रान्समा २,४३७ टन, रूसमा २,३३० टन, चीनमा २,३०१ टन, भारतमा ८८० टन सुनको भण्डार रहेको छ ।

विगत तीन वर्षमा विश्वभरका सेंट्रल(केन्द्रीय) बैंकहरूले हरेक वर्ष १,००० टनभन्दा बढी सुन किन्न थालेका छन्। यसको कारण राजनीतिक अस्थिरता, अमेरिकी डलरको कमजोरी र लगानीकर्ताको उच्च सुनप्रतिको आकर्षण हो।

उत्पादनमा देशहरूको स्थिति

सुनको उत्पादनको मामलामा चीन अग्रस्थानमा छ। २०२३ मा चीनले ३७८.२ टन, रूस ३२१.८ टन, अष्ट्रेलिया २९३.८ टन, अमेरिका १६६.७ टन, घाना १३५.१ टन, इन्डोनेशिया १३२.५ टन, पेरू १२८.८ टन, मेक्सिको १२.६ टन र उजबेकिस्तानले ११९.६ टन सुन उत्पादन गरेका छन्।

यसरी, सुनको माग र मूल्यको वृद्धि भविष्यमा अझै जारी रहन सक्छ। तर यदि समुद्रमा लुकेको विशाल मात्रा निकाल्ने काममा सफलता मिल्यो भने सुनको मूल्यमा भारी गिरावट आउन सक्ने जोखिम छ। यसले अन्तर्राष्ट्रिय बजार र लगानीकर्तामा ठूलो प्रभाव पार्नेछ।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.