काठमाण्डौ । हिमालय सेक्युरिटिज बैंकर लिमिटेडले दोस्रो वार्षिक साधारण सभा डाकेको छ । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी मंसिर ४ गते काठमाण्डौको बानेश्वरमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा आव २०८१/८२ को सञ्चालक समितिको दोस्रो वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका सम्पूर्ण विवरणमाथि छलफल गरी पारित गर्ने , आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा सञ्चालक समितिमा भएको परिवर्तन तथा निजको नियुक्ती अनुमोदन गरिनेछ ।

