काठमाण्डौ । डलर बलियो बनेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य १.०७ प्रतिशत अर्थात ४४ डलरले घटेको छ ।
यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ४ हजार ७७ डलरमा भईरहेको छ । डलर बलियो बनेसँगै र चीन र अमेरिकाबीचको व्यापारीक तनावमा कमी आएसँगै सुनको भाउ ओरालो लागेको हो ।
लगानीकर्ताको ध्यान अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले यसै साता गर्ने ब्याजदरसम्बन्धी निर्णयमा समेत रहेको छ ।
डलरको मूल्य येनको तुलनामा पछिल्लो दुई साताकै उच्च पुगेको छ । जसका कारण अन्य मुद्राधारकहरुलाई सुनको खरिद महङ्गो पर्न गएको छ ।
आज चाँदीको भाउ समेत घटेको छ । चाँदीको मूल्य ०.६१ डलरको गिरावटका साथ प्रतिऔंस ४८ डलरमा झरेको छ ।

