सोमबार, श्रावण १८,२०८३ 02:29:01
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:29:01
Bizshala
Global IME Bank Limited

डलर बलियो बनेसँगै सुनको मूल्यमा आयो गिरावट, प्रतिऔंस कतिमा हुँदैछ कारोबार ?

डलर बलियो बनेसँगै सुनको मूल्यमा आयो गिरावट, प्रतिऔंस कतिमा हुँदैछ कारोबार ?
New Office

काठमाण्डौ । डलर बलियो बनेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य १.०७ प्रतिशत अर्थात ४४ डलरले घटेको छ ।  

यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ४ हजार ७७ डलरमा भईरहेको छ । डलर बलियो बनेसँगै र चीन र अमेरिकाबीचको व्यापारीक तनावमा कमी आएसँगै सुनको भाउ ओरालो लागेको हो ।  

लगानीकर्ताको ध्यान अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले यसै साता  गर्ने ब्याजदरसम्बन्धी निर्णयमा समेत रहेको छ ।  

डलरको मूल्य येनको तुलनामा पछिल्लो दुई साताकै उच्च पुगेको छ । जसका कारण अन्य मुद्राधारकहरुलाई सुनको खरिद महङ्गो पर्न गएको छ ।  

आज चाँदीको भाउ समेत घटेको छ । चाँदीको मूल्य ०.६१ डलरको गिरावटका साथ प्रतिऔंस ४८ डलरमा झरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.