सोमबार, श्रावण १८,२०८३ 02:06:15
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:06:15
Bizshala
Global IME Bank Limited

नेप्से इण्डेक्स र टर्नओभरमा गतिलो बाउन्सब्याक, उकालो यात्रा जारी रहने विज्ञको तर्क

भन्छन्-'अहिलेको समयमा राम्रो कम्पनीमा लगानी गर्नेले छोटो समयमै डबल रिटर्न पाउँछ'

नेप्से इण्डेक्स र टर्नओभरमा गतिलो बाउन्सब्याक, उकालो यात्रा जारी रहने विज्ञको तर्क
New Office

काठमाण्डौ । सेयर बजारमा गतिलो बाउन्स ब्याक भएको छ ।  

नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से) परिसूचक मंगलबार ६२ अंकले बढेर २५७१.३४ को विन्दूमा फर्किएको हो ।  

बजार वृद्धिका लागि आवश्यक अधिकांश आधारहरु तयार भइसकेका कारण लगानीकर्ताहरुमा थोरै भए पनि आत्माबल फर्किँदा त्यसको सकारात्मक प्रभाव आजको कारोबारमा देखिएको हो ।  

मंगलबार नेप्से परिसूचकमा उछालसँगै कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । इण्डेक्स र टर्नओभर सँगसँगै बढ्नुले लगानीकर्ताहरुमा खरीदतर्फको आत्माविश्वास बढेको र बिस्तारै निस्क्रिय बसेका लगानीकर्ताहरुले समेत बजारमा पैसा खन्याउन थालेका देखिएको छ । 

मंगलबारको बजारको विषयमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘बजार पहिल्यै बढ्नुपर्ने हो, तर विभिन्न अवस्थाहरुले गर्दा बजारले लय समात्न सकिरहेको थिएन । जेनजीहरुको आन्दोलन, क्लोजिङको समय र चाडपर्वले गर्दा बजार बढ्न सकिरहेको थिएन । सबै कुराहरु सकारात्मक हुँदाका बाबजुत पनि लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्न नसकेको कारण बजार माथि जान सकेको थिएन ।’

उनले थपे, ‘आज बजार बढ्नुको मुख्य कारण भनेकै लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्नु हो । चाडपर्व सकिएलगत्तै अब लगानीकर्ताहरु बजारतर्फ तानिएका छन् । नेपाल राष्ट्र बैंककाअनुसार बैंक वित्तीय संस्थाहरुमा ११ खर्ब भन्दा बढी तरलता पर्याप्त छ । लगानीकर्ताहरुले ८ प्रतिशत हाराहारीमै लोन पाइरहेका छन् । बैंक वित्तीय संस्थाहरुको सीडी रेसियो अनुपात राम्रो छ । अब लगानीकर्तामा आत्मबल बढेको छ । बजार अब अझै बढ्छ । जसले यो समयमा बुझेर राम्रो कम्पनीमा लगानी गरेको छ, उसले केही समयपश्चात् डबल रिटर्न पाउने देखिन्छ । अहिलेको समय भनेको लगानीको अवसर पनि हो ।’

के-के भयो बजारमा ?

यो दिन व्यापारबाहेकका सबै समूहको सूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी विकास बैंक समूहको सूचक ४.४७ प्रतिशतले बढेको यो दिन वाणिज्य बैंक समूहमा १.९२ प्रतिशत, बित्त समूहमा ३.१४ प्रतिशत, जीवन बीमा समूहमा ३.५५ प्रतिशत र निर्जीवन बीमा समूहमा २.५४ प्रतिशतको बढोत्तरी भएको छ । 

यस्तै, होटल तथा पर्यटन समूहमा २.८० प्रतिशतको वृद्धि देखिएको छ भने जलविद्युत समूहमा ३.९० प्रतिशत, लगानी समूहमा ३.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३७ प्रतिशत, माइक्रोफाइनान्स समूहमा २.५९ प्रतिशत, अन्य समूहमा १.९१ प्रतिशत र म्युचुअल फण्ड समूहमा ०.४६ प्रतिशतको बढोत्तरी भएको छ ।

व्यापार समूह भने ०.७६ प्रतिशतको गिरावट आएको छ ।  

यो दिन कारोबारमा आएकामध्ये २३६ कम्पनीको सेयरमूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ । बाँकी २ कम्पनीको मूल्य स्थिर रह्यो ।  

बजारमा कुल ३१४ कम्पनीका ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर ४७ हजार ९४ वटा कारोबारमार्फत कुल ४ अर्ब ४७ करोड ३९ लाख ४३ हजार  ४०५ रुपैयाँ बराबरको किनबेच भएको छ ।

अघिल्लो कारोबार दिन भने टर्नओभर २ अर्ब ६६ करोडमा सीमित थियो ।  

धेरै कारोबार गर्ने कम्पनी

यो दिन धेरै कारोबार गर्ने टप फाइभ कम्पनीको सूचमा ४ वटा जलविद्युत कम्पनीले कब्जा गरेका छन् ।  

यो दिन हिमालयन पावर पार्टनर लिमीटेडले सबैभन्दा धेरै २४ करोड ९४ लाख बढीको कारोबार गरेको छ ।  

युनियन हाइडोपावर लिमीटेडले २३ करोड २२ लाख बढीको कारोबार गरेको यो दिन राधी विद्युत कम्पनीले २२ करोड हाराहारीमा कारोबार गरेको छ ।  

बुटवल पावर कम्पनीको १९ करोड ४७ लाख बढीको कारोबार भएको यो दिन पाँचौं बढी कारोबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको रहेको छ । यसले १९ करोड ३५ लाख बढीको कारोबार गरेको छ ।  

धेरै कमाउने र गुमाउने कम्पनी

यो दिन न्यादी हाइडोपावरको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य एकैदिन ३६ रुपैयाँले बढेर प्रतिकित्ता ३९६ रुपैयाँको उचाईमा फर्किएको छ ।  

बुटवल पावर कम्पनीको सेयरमूल्यमा पनि पोजिटिभ सर्किटसँगै ६७.१० रुपैयाँ प्रतिकित्ताको दरले बढेर ७३९ को उचाईमा पुगेको छ ।  

एक्सल डेभलपमेन्ट बैंकको सेयरमूल्यमा पनि पोजिटिभ सर्किट लागेको छ भने राधी विद्युत कम्पनीको मूल्य पोजिटिभ सर्किट लेभल नजिकै पुगेको छ ।  

यो दिन लुम्बिनी विकास बैंकको सेयरमूल्य ९.३५ प्रतिशतले बढेको छ ।  

यो दिन हिमालयन पावर पार्टनर लिमीटेडमा बिक्री चाप देखिएको छ । जसका कारण यो कम्पनीको सेयरमूल्यमा ६.३६ प्रतिशतको गिरावट देखिएको छ ।  

युनिलिभर नेपाल लिमीटेडका लगानीकर्ताले ३.८८ प्रतिशतले सम्पत्ति गुमाएका छन् भने बोटलर्स नेपाल(बालाजु) लिमीटेडको सेयरमूल्य ३.७७ प्रतिशतले घटेको छ ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.