सोमबार, श्रावण १८,२०८३ 02:01:56
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:01:56
Bizshala
Global IME Bank Limited

सर्वोच्चमा बक्यौतासम्बन्धी विवादको सुनुवाई हुँदै

सर्वोच्चमा बक्यौतासम्बन्धी विवादको सुनुवाई हुँदै
New Office

काठमाण्डौ । आज डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौतासम्बन्धी विवादको सुनुवाई हुँदैछ । अर्घाखाची सिमेन्टले हालेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई भईरहेको छ ।  

नेपाल विद्युत प्राधिकरणले सरकारको निर्देशनबमोजिम बक्यौता रकम नतिर्ने उद्योगहरुको लाइन काटेपछि उक्त कदमविरुद्ध अर्घाखाची सिमेन्टले सर्वोच्चमा रिट दायर गरेको थियो ।  

जसमा सर्वोच्चका न्यायधिस टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाई भईरहेको छ ।  

डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको बक्यौता उठाउने विषयमा सरकार, प्राधिकरण र उद्योगबिच पटकपटक विवाद हुँदै आइरहेको छ। उद्योगीहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुल अन्तर्गत पर्ने करिब साढे ५ अर्ब रकम बक्यौता तिर्न बाँकी छ।

प्राधिकरणले पछिल्लोपटक गत असोज १२ गते उद्योगहरुलाई २१ दिनभित्र बक्यौता रकम तिर्न सार्वजनिक सूचना जारी गरेको थियो । तर उद्योगीहरुले महशुल नतिर्ने अडान लिएका थिए । जसपश्चात गत कात्तिक १७ गते प्रधानमन्त्री शुसिला कार्की लगायत उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालसहितको उच्चस्तरिय छलफलमा डेडिकेटेड फिडर र टंकलाइनको शुल्क सम्बन्धि विवादको मध्यमार्गी प्रस्ताव गरिएको थियो । त्यसपछि केही उद्योगहरुले पहिलो किस्ताअन्तर्गतको बक्यौता रकम बुझाएका थिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.