काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको ११ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख १६ हजार ५७३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकका विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरुका लागि जारी गरिएको यो सेयरमा सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आफुले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।