काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र काठमाण्डौ उपत्यकाका क्षेत्रीय स्तरमा "अवार्ड सेरेमोनी एन्ड स्किल इन्हान्स्मेन्ट कार्यक्रम" सम्पन्न गरेको छ।
यस कार्यक्रमअन्तर्गत भदौ २१ गते सोल्टी वेस्ट एण्ड, इटहरीमा पूर्वक्षेत्रका लागि, कात्तिक १४ गते टाइगर प्यालेस रिसोर्ट, सोाल्टी, भैरहवामा मध्य–पश्चिमक्षेत्रका लागि, कात्तिक २१ गते टिका रिसोर्ट, लेकसाइड पोखरामा मध्य–पश्चिम क्षेत्रका लागि तथा कात्तिक २२ गते स्मार्ट प्यालेस, चाबहिल, काठमाडौँमा मध्य क्षेत्रका लागि कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमका क्रममा आर्थिक वर्ष २०८१/८२का "ब्रोनज क्लब" क्वालिफायरहरूलाई सम्मान गरिनुका साथै विभिन्न दिनहरूमा "हिरो अफ द डे" उपाधि प्राप्त लिडरहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमको उद्देश्य सिटिजन लिडरहरूबीच आत्मविश्वास, प्रेरणा र आपसी सहकार्य (फेलोशिप) प्रवर्द्धन गर्नुका साथै बिक्री सीप मानवीकरण गर्दै अझ पेशेवर लिडरहरू तयार पार्नु रहेको थियो। प्रत्येक कार्यक्रममा २५० देखि ३६० जनासम्म सहभागी थिए।
तालिम सत्र कम्पनीका ट्रेनिङ विभाग प्रमुख, प्रमुख व्यवसाय अधिकृत (CBO), प्रमुख बजार व्यवस्थापन अधिकृत(CMO) र प्रमुख कार्यकारी अधिकृत (CEO) द्वारा संचालन गरिएको थियो, जसले सहभागीहरूमा उच्चस्तरको उत्साह र प्रेरणा जागृत गरेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।