सोमबार, श्रावण १८,२०८३ 04:55:27
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:55:27
Bizshala
Global IME Bank Limited

रियलमी सि–५५ अब छुट मूल्यमा

रियलमी सि–५५ अब छुट मूल्यमा
New Office

काठमाण्डौ । स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि–५५ अब छुट मुल्यमा उपलब्ध हुने भएको छ । पहिला  २१ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको ६ जिबि + ६४ जिबि स्टोरेज भेरियन्टको मूल्य घटेर अब १५ हजार ४९९ रुपैयाँमा उपलब्ध हुने भएको छ ।  

रियलमी सि–५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ एमपिको क्यामरा हो ।  

त्यस्तै यसमा सेल्फी क्यामराको कुरा गर्नुपर्दा ८ एमपिको लेन्स छ जसले १०८० पिको भिडियो रेकर्ड गर्न सक्छ ।  

रियलमी सि–५५ मा ५ हजार एमएचको शक्तिशाली ब्याट्री राखिएको छ । जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । यसमा जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ ।  

रियलमी सि–५५ मा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ । ६४ बिटको सिपियु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सि ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुनुका साथै मोबाइल तातिने समस्या कम हुन्छ ।

रियलमी सि–५५ को ६ जिबि + ६४ जिबि स्टोरेज भेरियन्ट अबमात्र रु. १५,४९९ मा उपलब्ध छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.