सोमबार, श्रावण १८,२०८३ 03:42:58
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:42:58
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा ग्लोबल मनि विकको उपलक्ष्यमा ७ वटै प्रदेशमा विभिन्न वित्तिय साक्षरता कार्यक्रमहरु सम्पन्न

सिटिजन्स बैंकद्वारा ग्लोबल मनि विकको उपलक्ष्यमा ७ वटै प्रदेशमा विभिन्न वित्तिय साक्षरता कार्यक्रमहरु सम्पन्न
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत चैत ४ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको ग्लोबल मनि विकका अवसरमा ७ वाटै प्रदेशमा रहेका अफ्ना २५ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ ।  

यस अन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर,विर्तामोड, हल्दिबारी र महेन्द्र चोक ,मधेश प्रदेशको विद्यापति चोक, वीरगन्ज, कृष्ण प्रणामी र राजविराज, बाग्मती प्रदेशको थापाथली,थली, भरतपुर, हेटौंडा रसिनामंगल,गण्डकी प्रदेशको अमरापुरी र दमौली, लुम्बिनी प्रदेशको भुताहा र बढैयाताल र कर्णाली प्रदेशका सुर्खेत, जुम्ला, डोल्पा र सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी, बझाङ र अत्तरियामा विभिन्न वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको छ । 

यस कार्यक्रम्रमा उपस्थित युवा तथा विद्यार्थी वर्गमा वित्तीय साक्षरताका आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको बैंकले जनाएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको बैंकले उल्लेख गरेको छ ।  

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १७ लाख ३६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.