सोमबार, श्रावण १८,२०८३ 02:02:18
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:02:18
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनमा भएको क्षतिका लागि ४ अर्ब बढी दाबी भुक्तानी, पुनर्बीमा कम्पनीबाट कति ?

जेनजी आन्दोलनमा भएको क्षतिका लागि ४ अर्ब बढी दाबी भुक्तानी, पुनर्बीमा कम्पनीबाट कति ?
New Office

काठमाण्डौ । हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिका लागि ४ अर्ब २ करोड दाबी भुक्तानी भएको छ । निर्जीवन बीमा कम्पनीहरूमा परेको कुल ३ हजार २५५ वटा बीमा दाबीको करिब रू. २३ अर्ब ४३ करोड ४१ लाख दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी ४ अर्ब २ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भएको हो ।

प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९५ वटा दाबीको दाबी रकम रू. १९ अर्ब ३ करोड ४१ लाखमध्ये रू. ३ अर्ब ९ करोड ४७ लाख र मोटर बीमातर्फ २ हजार २९५ वटा दाबीको दाबी रकम रू. ३ अर्ब ४४ करोड १० लाखमध्ये करिव रू. ८४ करोड ८५ लाख भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको रू. ५५ करोड ४ लाख दाबी रकममध्ये रू. ६ करोड ६९ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको रू. १ करोड ६९ लाख दाबी रकममध्ये रू. ४८ लाख र अन्य बीमातर्फ ४४ वटा दाबीको रू. ३९ करोड १८ लाख दाबी रकममध्ये रू. ३९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई रू. २ अर्ब ५१ करोड ७९ लाख अग्रिम सहित दाबी भुक्तानी

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई रू. २ अर्ब ५१ करोड ७९ लाख अग्रिम भुक्तानी सहित दाबी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८६० वटा पुनर्बीमा दाबीको दाबी रकम करिव रू. १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.