सोमबार, श्रावण १८,२०८३ 02:04:56
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:04:56
Bizshala
Global IME Bank Limited

एनसेल एपको डाउनलोड १ करोड पार, १० दिने उत्सव अफर सुरु

एनसेल एपको डाउनलोड १ करोड पार, १० दिने उत्सव अफर सुरु
New Office

काठमाण्डौ । एनसेलद्वारा सञ्चालन हुने ‘एनसेल एप’ले महत्वपूर्ण उपलब्धि हात पारेको छ। ग्राहकमैत्री सेल्फ–सर्भिस एपले १ करोडभन्दा बढी डाउनलोड पार गर्दै नेपालमा सबैभन्दा बढी प्रयोग हुने डिजिटल प्लेटफर्महरूमध्ये एकको रूपमा आफ्नो स्थान बलियो बनाएको कम्पनीले जनाएको छ।

यो उपलब्धिसँगै एनसेलले डिजिटल सेवाहरु सजिलो, छरितो र कागजरहित बनाउन गरेको प्रयास सफल दिशामा अघि बढेको संकेत गरेको छ। कम्पनीका अनुसार, एनसेल एप आजको डिजिटल जीवनशैलीमा अत्यावश्यक टुलको रूपमा स्थापित हुँदै गएको छ।

ग्राहकका लागि सुविधामै सुविधा

एनसेल एप प्रयोगकर्ताले कुनै पनि USSD कोड डायल नगरी, न त सेवा केन्द्र वा बिक्री केन्द्रसम्म पुग्नुपर्ने आवश्यकता छ। एपमार्फत ब्यालेन्स रिचार्ज, विभिन्न डाटा वा भ्वाइस प्याक खरिद, सेवा सक्रिय/निष्क्रिय, उजुरी दर्ता, अनलाइन/अफलाइन गेम, ब्यालेन्स ट्रान्सफरलगायत थुप्रै सेवाहरू एकै ठाउँमा प्राप्त गर्न सकिन्छ।

त्यसैले एप छरितो, सरल र झन्झटमुक्त अनुभव चाहने ग्राहकहरूको पहिलो रोजाइ बनेको कम्पनीको दाबी छ।

१ करोड डाउनलोडको उत्सवमा ‘१० दिन, १० ग्राहक, १० जीबी’ अफर

विशेष उपलब्धिको खुसी बाँड्ने उद्देश्यले एनसेलले १० दिने उत्सव कार्यक्रम सुरु गरेको छ।

योजनाअन्तर्गत हरेक दिन १० जना भाग्यशाली प्रयोगकर्ताले १० दिनका लागि प्रयोग गर्न सकिने १० जीबी अलटाइम डेटा पाउनेछन्।

यो अफरमा सहभागी हुन पहिलो पटक एप डाउनलोड गरी लगइन गर्नुपर्छ, वा एपमै बसेर कुनै पनि प्याक खरिद गरे पनि ग्राहक स्वतः सदस्य हुने कम्पनीले जनाएको छ।

एनसेलका चीफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिभन रोड्रिगेजले भने,“१० मिलियनभन्दा बढी ग्राहकहरू एनसेल एपमार्फत हामीसँग जोडिनु अत्यन्त उत्साहजनक उपलब्धि हो। यसले हामीले तयार पारेको डिजिटल प्लेटफर्म धेरैका दैनिक जीवनको अभिन्न हिस्सा बनेको पुष्टि गर्छ। एपले ग्राहक सेवामा सहजता मात्र होइन, ‘डिजिटल नेपाल’ अभियानलाई समेत सहयोग पुर्‍याउँदै सेवा प्रवाहलाई कागजरहित र द्रुत बनाएको छ। ग्राहकको विश्वास नै हाम्रो प्रेरणा हो।”

विदेशमा रहेका नेपालीका लागि पनि उपयोगी

देशमै सीमित नभई, परदेशमा रहेका नेपाली कामदार तथा यात्रुहरूले पनि एनसेल एपलाई उपयोगी पाएका छन्। रोमिङमा बस्दा होस् वा छोटो अवधिको विदेश यात्रा, एपले रिचार्जदेखि प्याक किन्नेसम्म सबै काम सजिलै गर्न सहयोग पुर्‍याउने कम्पनीको भनाइ छ।

ग्राहकहरूले एपलाई गुगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट निःशुल्क डाउनलोड वा अपडेट गर्न सक्नेछन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.