सोमबार, श्रावण १८,२०८३ 02:04:32
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:04:32
Bizshala
Global IME Bank Limited

डलरको भाउ हालसम्मकै उच्च, यूरो र पाउण्डको मूल्य समेत बढ्यो

डलरको भाउ हालसम्मकै उच्च, यूरो र पाउण्डको मूल्य समेत बढ्यो
New Office

काठमाण्डौ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको छ । आज एक अमेरिकी डलरको खरिददर १४३.५० रुपैयाँ र बिक्रीदर १४४.१० रुपैयाँ कायम भएको छ ।  

यसअघि डलरको भाउ गत मंसिर ७ गते हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन एक अमेरिकी डलरको खरिददर १४२.८८ रुपैयाँ र बिक्रीदर १४३.४८ रुपैयाँ कायम भएको थियो।  

अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४२.९८ रुपैयाँ र बिक्रीदर १४३.५८ रुपैयाँ रुपैयाँ कायम थियो ।

यस्तै आज यूरो र पाउण्डको भाउ समेत बढेको छ । आज एक यूरोको खरिददर १६६.५७ रुपैयाँ र बिक्रीदर १६७.२७ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६६.३१ रुपैयाँ र बिक्रीदर १६७.०१ रुपैयाँ निर्धारण भएको थियो।

आज एक पाउण्ड स्टर्लिङको खरिददर १८९.४३ रुपैयाँ र बिक्रीदर १९०.२२ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन एक पाउण्ड स्टर्लिङको  खरिददर १८९.१६ रुपैयाँ र बिक्रीदर १८९.९६ रुपैयाँ कायम थियो ।  

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९३.९६ रुपैयाँ र बिक्रीदर ९४.३६ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.०७ रुपैयाँ र बिक्रीदर ३९.२३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.३० रुपैयाँ र बिक्रीदर २०.३८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.७२ रुपैयाँ र बिक्रीदर ३४.८७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.३८ रुपैयाँ र बिक्रीदर ३९.५४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७७ रुपैयाँ र बिक्रीदर ९.८१ रुपैयाँ र  एक कुवेती डिनारको खरिददर ४६७.४६ रुपैयाँ र बिक्रीदर ४६९.४१ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.