काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढेको छ । बुधबारको कारोबारमा सुनको मूल्य ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य ३ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य ११० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ६५५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।