काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले आगामी पुस महिनामा वार्षिक साधारण सभा गर्ने भएको छ । मंसिर १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले पुस १४ गते काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजेदेखि २५ औं वार्षिक सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै बोनस सेयर जारी गर्नका लागि आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस २ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

