बिहीबार, मंसिर १८,२०८२ 11:38:07
Bizshala
  • बिहीबार, मंसिर १८,२०८२ 11:38:07
Bizshala
Global IME Bank Limited
Bizshala

बैंकलाई करोडौं क्षति पुर्‍याउनेलाई जोगाउने खेलमा प्रभूको लिगल टिम, पन्त प्रहरी अनुसन्धान प्रभावित गर्ने खेलमा

Hyundai Nepal
बैंकलाई करोडौं क्षति पुर्‍याउनेलाई जोगाउने खेलमा प्रभूको लिगल टिम, पन्त प्रहरी अनुसन्धान प्रभावित गर्ने खेलमा
Shivam Cement

काठमाण्डौ । प्रभू बैंक लिमीटेडलाई करोडौंको नोक्सान पुर्याएको आरोपमा सो बैंकका सीईओ अशोक शेरचन लगायतका उच्चपदस्थ ३ कर्मचारी अहिले प्रहरी हिरासतमा छन् ।  

मिलेमतोमा बैंकलाई नोक्सानी पुर्याउने प्रकरणमा सहभागी भएका गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पनि हिजो(बुधबार) पक्राउ परेका छन् ।  

पक्राउ परेका बैंकका सीईओ शेचरन, डिसीईओ मणिराम पोखरेल लगायत र शाक्यमाथि राष्ट्रबैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानूनविपरीत कार्य गरी प्रभू बैंक लिमीटेडलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं रकम कर्जा प्रवाह गरेको लगायतको अभियोग छ । 

CG Motors
Garima Development Bank
IME remit

सीआईबीले अनुसन्धान बढाएको प्रकरणमा उसले भनेको छः 'यस ब्यूरोबाट प्रतिवादी कुसुम लामा समेत उपर अनुसन्धान भएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा संकलन भएका विवरण तथा तथ्यहरुको विज्ञ टोली समेतले अध्ययन विश्लेषण गर्ने क्रममा प्रभु बैंक लिमीटेडका  कार्यकारी अधिकृत अशोक शेरचन समेतले नेपाल राष्ट्रबैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानूनविपरीत कार्य गरी प्रभु बैंक लिमीटेडलाई हानी नोक्सानी पु¥याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने'गराउने कसुरमा संलग्न रहेको.....।'

सीआईबीको भनाई र अनुसन्धानबाट प्रष्ट छ कि प्रभू बैंकका सीईओ अशोक शेरचनले जनताको लगानी रहेको बैंकलाई करोडौं रुपैयाँ बराबरको नोक्सानी गर्याए । करोडौं नोक्सानी पुर्याएको अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं रकम गैरकानूनी ढंगले कर्जाको रुपमा प्रवाह गरे । करोडौं रुपैयाँ बराबरको कर्जाको दुरुपयोग गरे ।  

अनुसन्धानका क्रममा शेरचनकै मिलीभगतमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यले केही नक्कली कम्पनी खडा गरेकोसम्म भेटिएको छ । अस्तित्वमै नरहेका कम्पनीहरुलाई कागजात मिलाएर करोडौं रकम निकासा गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको सीआईबी स्रोतको दाबी छ ।  

यसरी यी व्यहोराहरुले सीईओ शेरचनले बैंकलाई करोडौंको क्षति पुर्याएका देखिन्छ । यसरी जनताको लगानी रहेको बैंकलाई यति ठूलो नोक्सानी गराउने, जिम्मेवारी पूरा नगर्ने, सञ्चालक समिति र सर्वसाधारण सेयर लगानीकर्तामाथि धोकाधडी गर्ने, पब्लिकको लगानी रहेको बैंकको स्रोतसाधनको चरम दुरुपयोग गर्ने, मनलाग्दी गर्ने, रिसिवेबल लेख्दै आफू र तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचनलाई भल्टबाट जति पनि पैसा चलाउन दिने, ब्याज नलिने यस्ता अनेकन काण्ड मच्चाएका तिनै शेरचनलाई जोगाउन बैंकको स्रोत साधनको व्यापक दुरुपयोग भइरहेको भेटिएको छ ।  

प्रहरीको अनुसन्धानलाई प्रभावित गर्ने उद्देश्यले बैंककै स्रोतसाधन खर्च गरी बैंकलाई नै नोक्सानी पुर्याउने व्यक्ति(विपक्षी)लाई जोगाउन कानूनी सल्लाहकारदेखि अधिवक्ताहरुको लाइन लगाइएको छ । शेरचनलाई उन्मुक्ति दिलाउनका लागि त्यसरी प्रयोग गरिएका वकिलहरुलाई प्रभू बैंकबाटै कानूनी परामर्श शुल्कको रुपमा लाखौं रुपैयाँ भुक्तानी भइरहेको स्रोतको दाबी छ ।  

आश्चर्य त के भने बैंकका प्रमुख कानूनी सल्लाहकार थमनबहादुर भण्डारी अहिले बैंकको पक्षमा होइन कि बैंक डूबाउने, करोडौंको क्षति पुर्याउने काममा संलग्न सीईओ अशोक शेचरन(बैंकका विपक्षी)को पक्षमा काम गरिरहेका स्रोतको भनाई छ । भण्डारीले बैंकको लिगल हेडको रुपमा त्यहाँबाट वार्षिक ५० लाख बढीको प्याकेज बुझ्छन् । तर बैंकको हित रक्षा गर्नुपर्ने बेलामा त्यसलाई छाडेर क्षति गराउने आरोपीहरुकै पक्षमा उनले आफ्नो समय र विज्ञता खर्च गरिरहेका भन्दै विरोध उठेको छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

बैंकको लिगल हेड भएर उहाँहरुले बैंकको हित रक्षाका लागि काम गर्नुपर्ने थियो । तर त्यसको ठीकविपरीत बैंकलाई क्षति पुर्याउने आरोपीको पक्षमा उहाँहरु खटिरहनुभएको देख्दा उदेक लागेको छ । बैंकस्थित उच्च स्रोतले भन्यो ः लिगल डिपार्टमेन्टका अन्य कर्मचारी पनि बैंकबाट तलब बुझेर बैंकलाई नै क्षति पुर्याउनेको पक्षमा वकालत गरेर हिँड्नू दुर्भाग्यपूर्ण छ ।  

स्रोतकाअनुसार बाहिरबाट हायर गरिएका वरिष्ठ वकिलहरुले पनि बैंकको हित रक्षाका लागि भन्दा पनि सीईओ शेरचनलाई जसरी भए पनि छुटाउने अभियानमा काम गरिरहेका र त्यसका लागि बैंकले लाखौं खर्च गरिरहेको भन्दै कर्मचारीहरुले यो विषयमा पनि निश्पक्ष छानबिनको माग गरेका छन् । बैंक जनताको हो । जनताको लगानी रहेको संस्थाबाट सोही संस्थालाई करोडौं नोक्सानी गराउनेको पक्षमा वकालत गर्ने नाममा लाखौं खर्च गरिनू गैरकानूनी र स्रोतको चरम दुरुपयोग हो । बैंकका एक उच्च अधिकारीले भने ः सञ्चालक समिति पनि यदि जिम्मेवार हो भने यो रोक्नुपर्छ । राष्ट्रबैंकले पनि यो विषयमा चासो दिनुपर्छ ।  

कम्पनी सचिव अमित भण्डारीले व्यक्तिगत र मानवीय हिसाबले लिगल टिमका साथीहरु भेट्न गएको हुनसक्ने भन्दै बाँकी कुरा चाहिँ लिगल हेडलाई सोध्न आग्रह गरे ।  

पद तथा स्रोतको दुरुपयोगको विषयमा प्रतिक्रिया लिन खोज्दा लिगल हेड भण्डारीको फोन उठेन ।सूचना अधिकारी रविन्द्र ढकालले यो विषयमा अनभिज्ञता प्रकट गरे ।  

रश्मी पन्तको चलखेल

यसैबीच, सीईओ शेरचन, डिसीईओ पोखरेल लगायतलाई जसरी पनि छुटाउन, सीआईबीको अनुसन्धान प्रभावित पर्न बैंकको चिफ बिजिनेश अफिसर रश्मी पन्तले गोप्य रुपमा काम गरिरहेकी छिन् । उनले विभिन्न मिडियाहरुलाई प्रयोग गर्नेदेखि लिएर कानूनविदहरुलाई समेत परिचालन गर्ने, राष्ट्रबैंकका अधिकारीसँग तीव्र लविङ गर्ने, राजनीतिक दलका नेताहरुसम्म हारगुहार गर्ने काम गरिरहेकी बुझिएको छ । हुन त उनले आफ्नै भाईलाई बैंकमा लिगल कन्सलट्यान्ट बनाएर पद र स्रोतको दुरुपयोग गरेकी आरोप लाग्ने गरेको छ । सीईओ शेरचनसँग निकट सम्बन्ध भएका कारण सीआईबीले पन्तलाई पक्राउ गर्न ढिलाई गर्दा समग्र अनुसन्धान नै प्रभावित गर्ने चलखेलमा उनी संलग्न रहेकी स्रोतको दाबी छ । एउटी महिलाले प्रगति गरेको देख्न नसक्नेहरुले खेदो खन्ने भन्ने सहानुभूतिको भाष्य निर्माण गरेर प्रभू बैंकलाई आजको अवस्थामा ल्याउन मुख्य भूमिका खेलेकी पन्तले चोखिने मेलो गरिरहेकी छिन् । सीआईबीले यो प्रकरणलाई निश्कर्षमा पुर्याउन पन्तलाई शीघ्र पक्राउ गर्न आवश्यक छ । बैंकका उच्चपदस्थ कर्मचारीले भने ः पन्तलाई अनुसन्धानमा नल्याएसम्म बैंकभित्रका अन्य करोडौंका घोटाला बाहिर आउन सक्दैन । पन्तबिना प्रहरीको अनुसन्धान अपूरो हुनेछ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.