सोमबार, श्रावण १८,२०८३ 02:27:35
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:27:35
Bizshala
Global IME Bank Limited

रिलायन्सको आईपीओ स्क्यामविरुद्ध प्रम कार्यालयदेखि अर्थमन्त्री हुँदै अख्तियारसम्म उजुरीका चाङ

रिलायन्सको आईपीओ स्क्यामविरुद्ध प्रम कार्यालयदेखि अर्थमन्त्री हुँदै अख्तियारसम्म उजुरीका चाङ
New Office

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको विवादास्पद आईपीओ रोक्न तथा यो प्रकरणमा भएको नीतिगत भ्रष्टाचार र मिलेमतोको निश्पक्ष छानबिन गरी लगानीकर्ता ठगिनबाट जोगाइदिन माग गर्दै विभिन्न निकायहरुमा उजुरीका चाङ लागेका छन् ।  

सेयर बजारका लगानीकर्ता, विश्लेषक, लगानीकर्ताको पक्षमा काम गर्ने अभियन्ता लगायत दर्जन बढीबाट विभिन्न निकायमा आइतबार साँझसम्म बग्रेल्ती उजुरीहरु परेका सम्बद्ध निकायहरुले जानकारी दिएका छन् । 

नेपाल सरकारअन्तर्गतको प्रधानमन्त्री कार्यालयमा मात्रै यस सम्बन्धी कम्तीमा ६ वटा उजुरी परेका प्रधानमन्त्रीको स्वकीय सचिवालयका एक अधिकारीले जानकारी दिए ।  

यस्तै, अर्थमन्त्रालयमा समेत केही उजुरी परेका छन् । केही उजुरी मेलबाट सोझै अर्थमन्त्रीलाई पठाइएको समेत उजुरीकर्ताहरुले जानकारी दिएका छन् ।  

यस्तै, लगानीकर्ताहरुको भिन्ना–भिन्नै समूहले केही उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)मा समेत गरेका छन् । सीआईबीले वित्तीय क्षेत्रमा हुने अपराधविरुद्ध पछिल्लो समय प्रभावकारी अपरेशन चलाउँदै आएको छ ।  

५ वटाभन्दा बढी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन् । अख्तियारमा परेका उजुरीहरुमध्ये अधिकांशमा रिलायन्सको आईपीओ अदालतको आदेशको अपव्याख्या गर्दै नियोजित ढंगले महङ्गो मूल्यमा भिराउने प्रयास भएको भन्दै त्यसबाट लगानीकर्ता ठगिन सक्ने जोखिम देखिएको र यो प्रकरणमा शंकास्पद भूमिका निर्वाह गरेको भन्दैसेबोनका अध्यक्षमाथि समेत छानबिन र कारबाहीको माग गरिएको छ । 

अन्य निकायमा परेका उजुरीहरुमा रिलायन्सले पावर र पैसाको प्रयोग गरेर दुई वर्षअघिको विवरणका आधारमा तोकिएको मूल्यमा आईपीओ निश्कासन गर्न लागेको र यो सुनियोजित स्क्याम रहेको भन्दै सर्वसाधारण जनतालाई ठगिनबाट जोगाइदिन आग्रह गरिएको छ ।  

यस्तै, लगानीकर्ताहरुबाट परेको उजुरीमा भने रिलायन्सको आईपीओको पछिल्लो वित्तीय विवरणलाई केस्रा–केस्रा केलाएर नयाँ कटअफ मूल्य तोक्न र सोही आधारमा मात्र आईपीओ निश्कासन गर्ने व्यवस्था गरिदिन भनिएको छ । 

एक लगानीकर्ता संगठनले अख्तियार र अर्थमन्त्रालयलाई शनिवार साँझ इमेलमार्फत गरेका उजुरी । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.