सोमबार, श्रावण १८,२०८३ 02:23:51
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:23:51
Bizshala
Global IME Bank Limited

आइसीएफसी फाइनान्सद्वारा विभिन्न प्रदेशका लागि कर्मचारी माग

आइसीएफसी फाइनान्सद्वारा विभिन्न प्रदेशका लागि कर्मचारी माग
New Office

काठमाण्डौ । आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रमुख,मानव संशासन अफिसर र सहायक स्तरका लागि कर्मचारी माग गरेको हो ।  

कम्पनीले बागमती,गण्डकी,लुम्बिनी र कोशी प्रदेशका लागि शाखा प्रमुख माग गरेको छ । यो पदका लागि वाणिज्यशास्त्रमा स्नातक गरेको हुनुपर्नेछ । आवेदकको उमेर ४० वर्ष नकटेको र बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । 

यस्तै मानव संशाधन अफिसरका लागि पनि वाणिज्यशास्त्रमा स्नातक गरेको हुनुपर्ने,४० वर्ष उमेर नकटेको हुनुपर्ने र बैंक तथा वित्तीय संस्थामा कम्तीमा २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ कम्पनीले जनाएको छ ।  

बागमती,गण्डकी र लुसम्बनी र कोशी प्रदशेका लागि माग गरिएको सहायक पदका लागि कम्तीमा वाणिज्यशास्त्रमा स्नातक गरेको,३० वर्ष उमेर नकटेको र बैंक तथा वित्तीय क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्नेछ ।  

इच्छुक र  योग्यता पुगेको आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.