काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १ हजार ४९० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।