काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चनपुर जिल्ला स्थित कृष्णपुरमा करिब १५० वटा कागतीका विरुवाहरु रोपी वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न सहयोग गरेको छ ।
बैंकले उक्त कार्यक्रम अन्तर्राष्ट्रिय वन दिवसको उपलक्ष्यमा आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानीय नगरबासीहरुको उपस्थिति थियोे ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।