सोमबार, श्रावण १८,२०८३ 02:00:47
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:00:47
Bizshala
Global IME Bank Limited

बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंसिर २६ गते सिरहा जिल्लाको लहानमा बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले बीमा ऐन, नियम र निर्देशिका बमोजिम बीमा व्यवसाय गर्न बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिए ।

निर्देशक सापकोटाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि प्राधिकरणको प्रदेश कार्यालयसँग समन्वय गरी गाउँघरमा समेत पुगेर कार्य गर्न र कृषि तथा पशुपन्छी बीमाको विस्तारमा जोड दिन निर्देशन दिए ।

कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीहरूले बीमा सम्बन्धी अनुसन्धान र विकासमा जोड दिनुपर्ने, कर्मचारीहरूका लागि तालिम संचालन गर्नुपर्ने, सीमा क्षेत्रमा बीमा सचेतना अभिवृद्धिका लागि होर्डिंग बोर्डहरू राख्नुपर्ने, कृषि बीमाको विस्तार एवम् प्रवद्र्धनलाई विशेष महत्व दिनुपर्ने र संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) वापतको रकम सम्बन्धित प्रदेश अन्तर्गत नै खर्च गर्ने व्यवस्था गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका सिरहा जिल्लास्थित शाखा कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.