सोमबार, श्रावण १८,२०८३ 02:26:05
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:26:05
Bizshala
Global IME Bank Limited

अर्थमा मन्त्री पुनको व्यापक फेरबदल,राजस्व र भन्सार विभागका महानिर्देशकहरु परिवर्तन

अर्थमा मन्त्री पुनको व्यापक फेरबदल,राजस्व र भन्सार विभागका महानिर्देशकहरु परिवर्तन
New Office

काठमाण्डौ । अर्थमन्त्रालयभित्र व्यापक फेरबदल भएको छ । अर्थमन्त्री वर्षमान  पुनले अर्थमन्त्रालयमा राजस्व विभाग र भन्सार विभागको महानिर्देशकहरु परिवर्तन गरेका छन् ।  

यसका साथै अर्थमन्त्री पुनले महाशाखा प्रमुख पनि परिवर्तन गरेका छन् ।  

जस अनुसार आन्तरिक राजस्व विभागको महानिर्देशकमा  शिवलाल तिवारी नियुक्त भएका छन् । र भन्सार विभागको महानिर्देशकमा  ढुण्डीप्रसाद निरौलालाई नियुक्त भएका छन् । विभागका यसअघिका महानिर्देशक भुपाल बराल थिए । उनललाई मन्त्रीपरिषदले वातावरण विभागमा सुरुवा गरेको छ ।  

यस्तै भन्सार विभागको महानिर्देशकमा ढुण्डीप्रसाद निरौलालाई नियुक्त भएका छन् । भन्सार विभागका यसअघिका महानिर्देशक शोभाकान्त पौडेललार्इ  सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरिएको छ ।  

यस्तै अर्थमन्त्री पुनले पुनले सहसचिव रितेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुख र राजस्व व्यवस्थापन महाशाखा प्रमुखमा धनीराम शर्मा र बजेट महाशाखाका उत्तरकुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा सरुवा गरेका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.