सोमबार, श्रावण १८,२०८३ 02:06:21
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:06:21
Bizshala
Global IME Bank Limited

फरार भइन् रश्मी, भगाइएको आशंका

फरार भइन् रश्मी, भगाइएको आशंका
New Office

काठमाण्डौ । प्रभू बैंक लिमीटेडको प्रमुख व्यवसाय अधिकृत(सीबीओ) रश्मी पन्त हिजोदेखि फरार भएकी छिन् ।  

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोली उनीविरुद्ध पक्राउपुर्जी लिएर आइतबार(हिजो) दिउँसो बैंकको बिजुलीबजारस्थित मुख्य कार्यालयमा पुगेको थियो । सीआईबी प्रवेश गर्नुअघि नै प्रहरी टोली लिन आउँदैछ भन्ने सूचना पाएपछि उनी बैंकभित्रै हराएकी थिइन्। 

प्रहरीले उनलाई दिनभर पनि बैंकको कोठाचोटा चाहर्दै खोज्यो । सीसीटिभी फूटेज हेरेर समेत सर्च अपरेशन चलायो, तर भेट्टाएन । प्रहरी टोली साँझ बैंक परिसरबाट निस्किए पछि कार्यालय आसपासकै क्षेत्रमा ढुकेर बसेको थियो । आइतबार राति १ बजेसम्म प्रहरी बस्दा समेत रश्मीलाई फेला पार्न सकेन । पन्त जादूको शैलीमा एकाएक हिजोबाटै गायब भइन् ।  

सीआईबीको टोली हिजो रित्तै हात फर्किए पनि खोजी कार्यलाई जारी राखेको छ । उनी भाग्नसक्ने र जानसक्ने सम्भावित ठाउँहरुमा खोजी भइरहेको एक प्रहरी अधिकृतले जानकारी दिए । 

आफूले राष्टबैंक र सीआईबीलाई मिलाइसकेको भन्दै बैंकका सीईओ, डिसीईओ पक्राउपछि भाईको विवाहको वाहाना बनाएर कञ्चनपुर पुगेकी चतुर पन्त कार्यालय छाडेको १० औं दिन काममा फर्किएकी थिइन् । त्यसको केही दिनमै सीआईबीले उनलाई पक्राउ गर्न खोजे पनि उनले उल्टै चक्मा दिएर भाग्ने सफलता पाएकी हुन् ।  

आइतबारदेखि सम्पर्कविहीन भएकी रश्मी सोमबारदेखि कार्यालय आउन छाडेकी छिन् ।  

बैंकका केही अधिकृतहरुले भने सीआईबीले चाहँदा पन्तलाई केही दिनअघि नै पक्राउ गर्नसक्ने अवस्था रहेको, तर हिजो पक्राउ गर्न आएको देखाएर कतै जानाजान भगाइएको त होइन भन्ने आशंका उब्जिएको बताएका छन् । 'सीआईबीले पक्राउ गर्न सक्ने अन्य बाटो र आधारहरु पनि थिए । तर, यत्तिको दिनसम्म छाडेर हिजै किन आयो भन्ने विषय शंकास्पद देखिन्छ ।' एक अधिकृतले बिजशालासँग भने ।  

बैंकिंग कसूर र किर्ते गरी बैंकलाई करोडौं नोक्सानी पुर्याएको आरोपमा प्रहरीले मंसिर १४ गते प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचन लगायत तीनजनालाई पक्राउ गरेको थियो । केही दिनअघि एक अर्का उच्च अधिकृतलाई समेत नियन्त्रणमा लिएको थियो । त्यसपछि पन्तको पालो आएको थियो, तर उनी फरार भइन् ।  

बैंकभित्र शेरचन समूहले आफूहरु निलम्बनमा परिसकेको अवस्थामा भावी नेतृत्वमा पन्तलाई लैजाने खेल हिरासतबाटै खेलिरहेका कतिपयले दाबी गर्ने गरेका छन् । शेरचनले नै ग्रुम गरेका कारण पन्त सीईओ भएको खण्डमा उनीहरुको मिलेमतोमा भएको घोटालाका कैयन फाइलहरुको व्यवस्थापन गर्ने उनीहरुको योजना रहेको समेत बैंकभित्रकै कर्मचारी दाबी गर्छन् । यिनै खेलहरुका कारण सुनियोजित ढंगले पन्तलाई भगाइएको हुनसक्ने समेत कतिपयको आशंका छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.