सोमबार, श्रावण १८,२०८३ 02:04:31
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:04:31
Bizshala
Global IME Bank Limited

कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा

कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा
New Office

काठमाण्डौ । कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । दिगो, समावेशी तथा जिम्मेवार बंैकिङ्गको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरु हासिल गर्न प्रतिबद्ध बैंकले जिआईजेड, ग्लोबल ग्रिन ग्रोथ इष्टिच्यूट आदि जस्ता संस्थाहरुद्धारा ब्यावस्थापन तथा प्रर्वद्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल (सेटफोरएनपीएm)परियोजना अन्र्तगत साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको हो ।

यस योजना अन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आवद्ध व्यक्तिहरुले विद्युतिय बस तथा माइक्रो बस खारिद गर्न बैंकबाट कर्जा लिदा, आर्कषक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नुका साथै ऋणीले भुक्तानी गर्नु पर्ने शुरुवाती रकम (डाउन पेमेन्ट)मा परियोजनाबाट निर्धारित अनुदानहरु समेत पाउने छन् ।

त्यसैगरी, वर्तमान समयमा इन्धनमा आधारित सार्वजनिक सवारी साधनहरु सञ्चालन गरिरहेका व्यक्तिहरुले आफ्ना सवारी साधनहरुलाई विद्युतिय बस तथा माइक्रो बसमा बदल्नका लागि कर्जा लिन चाहेमा समेत थप अनुदान प्राप्त गर्न सकिने छ । यसका लागि ऋणिहरुले परियोजनामा आवद्ध सवारी साधन आपुर्तिकर्ताहरुबाट विद्युतिय बस तथा माइक्रो बस खरिद गर्नका लागि आवश्यक कागजात सहित कुमारी बैंकको शाखाहरुमा सम्पर्क गर्नुपर्नेछ ।

यस योजना अन्तर्गत समावेश गरिएका अनुदानहरुले ऋणिहरुको शुरुवाती पुजीको व्यवस्थापनमा सहुलियत हुन्छ भने सार्वजनिक यातायातमा विद्युतिय सवारी साधनको प्रयोगसँगै प्रदुषण समेत कम गर्न सकिने जस्ता बहुआयामिक लाभहरु प्राप्त हुने बैंकका दिगो बैकिङ्ग विकास विभागका प्रमुख अर्पण पौडेलले बताए ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु तथा ३१७ एटिएम मार्फत बैंकिङ सेवा दिदै आएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.