काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले २९ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा गत आवका लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश(कर बाहेक)को प्रस्ताव पारित गरिनेछ ।
यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन पाउनेछन् ।

