काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १५ हजार ८७०.८९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।
यस्तो आवेदन काठमाण्डौको कमलादीमा रहेको बैंकको कानून विभागमा पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।