• आईतवार, भाद्र २९,२०८२ 05:29:33
Global IME Bank Limited

प्रभु बैंकको महेन्द्रनगर शाखा कार्यालय स्थानान्तरण हुने,लकर सुविधा लिएकालाई यस्तो आग्रह

Hyundai Nepal
प्रभु बैंकको महेन्द्रनगर शाखा कार्यालय स्थानान्तरण हुने,लकर सुविधा लिएकालाई यस्तो आग्रह

काठमाण्डौ । प्रभु बैंकको महेन्द्रनगर शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको महेन्द्रनगर शाखा कार्यालय भिमदत्त नगरपालिका गल्ली न.३ अस्पताल लाइनबाट स्थानान्तरण गरी महेन्द्रनगर  बजार गल्ली न ५ पुरानो सनराइज बैंक भवनमा सारिने जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नयाँ स्थानबाट चैत २५ गतेदेखि कारोबारको थालनी हुने बैंकले उल्लेख गरेको छ । शाखा कार्यालयसँगै लकर समेत स्थानान्तरण हुने हुँदा लकरमा भएको सामान समेत सुरक्षित तवरले स्थानान्तरण हुने बैंकले जनाएको छ । 

तथापी स्थानान्तरण गर्ने बेलामा लकरमा भएको सामान टुट फुट समेत हुन सक्ने हुँदा लकरमा भएको सामानलाई सुरक्षित स्थानमा राख्न चाहेमा चैत २३ दिउँसो २ बजेभित्र बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । अन्यथा स्थानान्तरण हुँदा सामान टुटफुट भएमा बैंक जवाफदेहि नहुने बैंकले स्पष्ट पारेको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.