काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त १४ औं साधारण सभा काठमाण्डौको नयाँबजारमा रहेको सासा ब्याङ्क्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेकाले सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन ।
सभामा आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १४ गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

