काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले कोशी प्रदेशमा बीमाको दायरा बढाउन ई–रिक्साको सम्भावनारे छलफल गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कोशी प्रदेश आन्तरिक मामिला तथा कानूनन मन्त्रालयका मन्त्री रेवती रमण भण्डारीसँग सो सम्बन्धमा भेटवार्ता गरेका छन् ।
भेटवार्तामा समसामयिक बीमा सम्बन्धी गतिविधि तथा कोशी प्रदेशमा ई–रिक्साको बीमाका सम्भावनाबारे विस्तृत छलफल गरिएको छ । प्राधिकरणले नेपाल सरकार तथा कोशी प्रदेश मन्त्रालयसँग सबै पक्षमा सार्थक सहकार्य गर्न तत्पर रहेको कुरा व्यक्त गरेको छ ।
प्राधिकरणको तर्फबाट निर्देशक ध्रुव तिमिल्सिना र कुन्दन सापकोटाको समेत सहभागिता रहेको थियो ।

