काठमाण्डौ । स्थानिय बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । आज गत शुक्रबारको तुलनामा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा भईरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज १०० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार १०५ रुपैयाँ कायम भएको छ ।

