काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको खुसिबु शाखाको लकर स्थानान्तरण हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै काठमाण्डौ महानगरपालिका वडा न.१६ खुसिबुस्थित खुसिबु शाखा(साविक सनराइज बैंकको खुसिबु शाखा) बाट प्रदान हुँर्दै आएको लकर सेवा स्थानान्तरण हुन लागेको जनाएको हो ।
उक्त शाखाबाट प्रदान हुँदै आएको लकर सेवा हालको स्थानबाट करिब ४ सय दक्षिणतर्फ(साविक लक्ष्मी बैंक)को शाखामा स्थानान्तरण गर्न लागिएको बैंकले जनाएको छ । बैंकको उक्त शाखा कार्यालयबाट लकर सेवा लिदैँ आएका ग्राहकहरुलाई बैंकले चैत २३ गतेभित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।