सोमबार, श्रावण १८,२०८३ 02:02:17
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:02:17
Bizshala
Global IME Bank Limited

सान्जेन जलविद्युतले एकैपटक डाक्यो तीन आवको साधारण सभा

सान्जेन जलविद्युतले एकैपटक डाक्यो तीन आवको साधारण सभा
New Office

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले एकैपटक तीव आवको साधारण सभा डाकेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ का लागि साधारण सभा डाकेको हो ।

सभा आगामी पुस २९ गते काठमाण्डौको चण्डोलमा रहेको कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७९/८०, २०८०/८१ र २०८१/८२ को असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरण पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.