काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पुस ७ गते सोमबार, काठमाण्डौमा सम्पन्न भएको साधारण सभाले बैंकको चुक्तापूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँको ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित) तथा पाँच प्रतिशत बोनस सेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
प्रस्ताव पारित भएसँगै बैंकको चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ पुग्ने भएको छ ।
साधारण सभाले आव २०८१/८२ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

