काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले गत आवको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले साधारण सभा र बुक क्लोज मिति समेत तय गरेको छ । कम्पनीको २२ औं वार्षिक साधारण सभापुस २९ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा बोनश सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको १ सेयरबराबर ०.३० का दरले हकप्रद सेयर निष्काशन गर्ने, प्रस्तावित हकप्रद सेयर निष्काशनबाट प्राप्त हुने रकम दिब्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन ५० मेवा क्षमताको मस्याङ्दी बेसी जलविद्युत आयोजना निर्माणमा स्वपूँजी लगानी गर्ने, बोनश सेयर तथा हकप्रद सेयर जारी गर्दा पूँजी संरचनामा बृद्धि हुने भएको हुँदा सो प्रयोजनका लागि प्रबन्धपत्र संशोधन गर्ने र अप होल्डिङ्गस कम्पनी लिमिटेडमा हालसम्म भएको स्वपूँजी लगानी अनुमोदन तथा थप स्वपूँजी लगानी गर्न संचालक
समितिलाई अख्तियारी प्रदान । कम्पनीको गाडी, स्क्राप लगायत अन्य शेयर सम्पत्तिहरु बिक्री गर्नुपरेमा कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन र लाभांश पाउनका लागि योग्य हुनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।