काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सेयरधनीहरुलाई निराश बनाएको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैंठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनैपनि लाभांश वितरण नगर्ने र सोही बमोजिम राष्ट्र बैंकसमक्ष वित्तीय विवरण स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।