सोमबार, श्रावण १८,२०८३ 02:04:28
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:04:28
Bizshala
Global IME Bank Limited

एनआरएनलाई दोश्रो बजारमा भित्र्याउन लाभकर २५% बाट घटाएर ७.५% मा सीमित गर्नुपर्ने बैंकिङ क्षेत्र सुधार कार्यदलको सुझाव

एनआरएनलाई दोश्रो बजारमा भित्र्याउन लाभकर २५% बाट घटाएर ७.५% मा सीमित गर्नुपर्ने बैंकिङ क्षेत्र सुधार कार्यदलको सुझाव
New Office

काठमाण्डौ । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले पूँजीबजारको विकासका लागि राष्ट्रबैंकको भूमिका पनि महत्वपूर्ण रहेको भन्दै विभिन्न सुझावसहितको प्रतिवेदन तयार गरेको छ ।  

केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा पूँजीबजारको विकासका लागि केन्द्रीय बैंकले समन्वयात्मक भूमिका खेल्नुपर्ने विषय सुझाइएको हो ।  

कार्यदलले केन्द्रीय बैंकबाट नेप्सेमा सञ्चालक प्रतिनिधित्व स्वार्थ बाझिने हुनाले वैकल्पिक व्यवस्था गरी प्रतिनिधिहरूलाई फिर्ता बोलाउन आग्रह गरेको छ । 

यस्तै, पूँजीबजारमा कर्जा प्रवाहको लागि विश्वको असल अभ्यास अनुसरण गरी वाणिज्य बैंकले ब्रोकरमार्फत हुने मार्जिन कर्जालाई प्राथमिकता दिनुपर्ने र सेयर कर्जासम्बन्धी क्षेत्रगत सीमा तोकिदिएपछि अन्य सम्पूर्ण व्यवस्थाहरू बैंक तथा वित्तीय संस्थाहरू स्वयम्लाई गर्न छाडिदिनुपर्ने बुँदाहरु समेत सुझाइएको छ ।  

यसैगरी, प्रतिवेदनमा नेपाली लगानीकर्तालाई प्रतिकूल असर नगर्ने गरी एनआरएनलाई दोस्रोबजार कारोबारमा भित्र्याउन बैंकिङ र विदेशी विनिमय नीतिमार्फत सहजीकरण गरिदिनुपर्ने भनिएको छ । 

पहिले नेपाली र एनआरएनलाई यस्तो कारोबारमा पूँजीगत लाभकर ५ प्रतिशत भएकोमा केही वर्षअघि यसमा नेपालीलाई ७.५ प्रतिशत र एनआरएनलाई २५ प्रतिशत हुने गरी बनाइएकोमा हालसम्म पनि यही नै रहेको छ, जसलाई सरकारले नेपालीसरह अर्थात् ७.५ प्रतिशत गर्न पहल गर्नुपर्ने । प्रतिवेदनमा भनिएको छः इक्विटीमा भएको लगानीलाई नियामकीय पुँजीबाट घटाउने वा जोखिम भार कायम गर्ने सम्बन्धमा बासेल कमिटी अन बैंकिङ सुपरभिजनको रेगुलेटरी एडजस्टमेन्ट फ्रेमवर्क/Regulatory Adjustment Framework(RAF) लाई आधार बनाई नियम जारी गर्ने । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने व्यवस्था गरेकाले बैंकिङ र पुँजीबजारको अवस्थालाई दृष्टिगत गरी १० वर्षभित्रमा हुने गरी यो कार्य सम्पन्न हुने व्यवस्था गर्नुपर्ने पनि कार्यदलको सुझाव छ । 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार पूर्ण सरकारी राष्ट्रिय वाणिज्य बैंकलाई ३० प्रतिशत पब्लिकमा जानुपर्ने प्रावधानअनुसार आ.व.२०७१/७२ मा नेपाल सरकार, मन्त्री परिषद्को निर्णयानुसार आइपिओ जारी गर्ने निर्णय भैसकेको हुदा यसका लागि आवश्यक पहल गर्न समेत सुझाइएको छ ।  

यस्तै, ग्रिन वण्डसहित विभिन्न किसिमको वण्ड मार्केट विकास गर्नमा नेपाल धितोपत्र बोर्डलाई सहयोग गर्ने र सानो पुँजी भएका कम्पनीहरूको सेयर मूल्य प्रतिफलसँग नजोडिएको गुनासोका सन्दर्भमा धितोपत्र बोर्डलाई वित्तीय साक्षरता प्रवर्धन गर्न सहयोग गर्ने सुझाव समेत प्रतिवेदनमा समेटिएका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.