काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही पुस २९ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा हकप्रुद निष्कासनको विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित आव २०८१/८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरि पारित गर्ने, आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको बैठक भत्ता तोक्ने प्रस्ताव समेत पारित गरिनेछ ।

