काठमाण्डौ । प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) झण्डै एक महिनापछिको हिरासतमा बसाईंपछि शुक्रबार रिहा भएका छन् ।
सीईओ शेरचनसहित बैंकका उच्च अधिकारीहरुलाई उच्च सरकारी वकिलको कार्यालयले केहीबेरअघि हाजिरी जमानीमा छाड्न आदेश दिएको हो ।
शेरचनसहित बैंकका डेपुटी सीईओ मणिराम पोखरेल र अन्य केही उच्च अधिकारीलाई मंसिर १४ गते काठमाण्डौको बबरमहलस्थित बैंकको मुख्य कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।
बैंकिंग कसूर र किर्ते तथा ठगी लगायतका आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले शेरचन लगायतलाई पक्राउ गरेको थियो । उनीहरुलाई पटक पटक म्याद थप गर्दै हिरासतमा राखेर अनुसन्धान गरिएको थियो ।
सीआईबीको अनुसन्धान पूरा नहुँदै सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो ।
प्रभू ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पनि यसअघि पक्राउ गरी सरकारी वकिल कार्यालयले नै हाजिरी जमानीमा छाडेको थियो ।

