सोमबार, श्रावण १८,२०८३ 02:29:27
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:29:27
Bizshala
Global IME Bank Limited

प्रभू बैंकका सीईओसहितका कर्मचारी सरकारी वकिलको निगाहामा रिहा

प्रभू बैंकका सीईओसहितका कर्मचारी सरकारी वकिलको निगाहामा रिहा
New Office

काठमाण्डौ । प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) झण्डै एक महिनापछिको हिरासतमा बसाईंपछि शुक्रबार रिहा भएका छन् ।

सीईओ शेरचनसहित बैंकका उच्च अधिकारीहरुलाई उच्च सरकारी वकिलको कार्यालयले केहीबेरअघि हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । 

शेरचनसहित बैंकका डेपुटी सीईओ मणिराम पोखरेल र अन्य केही उच्च अधिकारीलाई मंसिर १४ गते काठमाण्डौको बबरमहलस्थित बैंकको मुख्य कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।  

बैंकिंग कसूर र किर्ते तथा ठगी लगायतका आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले शेरचन लगायतलाई पक्राउ गरेको थियो । उनीहरुलाई पटक पटक म्याद थप गर्दै हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । 

सीआईबीको अनुसन्धान पूरा नहुँदै सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो ।  

प्रभू ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पनि यसअघि पक्राउ गरी सरकारी वकिल कार्यालयले नै हाजिरी जमानीमा छाडेको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.