काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ २ लाख ७० हजार पार पुगेको छ । आज हालसम्मकै उच्च कायम भएसँगै सुनको भाउले २ लाख ७० हजारको आँकडा पार गरेको हो ।
आज सुनको भाउमा १३ सय रुपैयाँकोृ बढोत्तरी आएको छ । नेपाल सुनचाँदी व्यवसायही महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय कायम भएको छ । गत शुक्रबार भने एक तोला सुनको भाउ २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउपनि हालसम्मकै उच्च कायम भएको छ । चाँदी आज २७० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८३५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।