सोमबार, श्रावण १८,२०८३ 02:00:30
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:00:30
Bizshala
Global IME Bank Limited

आइटी क्रान्तिको ढोका खुल्यो: गभर्नर पौडेलको युवालाई सन्देश- 'अब पखेटा फैलाऊ'

आइटी क्रान्तिको ढोका खुल्यो: गभर्नर पौडेलको युवालाई सन्देश- 'अब पखेटा फैलाऊ'
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले नेपालको आइटी क्षेत्रले हालैका वर्षहरूमा उल्लेखनीय प्रगति गरेको बताउँदै युवा उद्यमीहरूलाई ढुक्क भएर नयाँ उत्पादन विकास गर्न र विश्व बजारमा प्रतिस्पर्धा गर्न आह्वान गरेका छन् ।  

आज बिहान सामाजिक सञ्जालमा आफ्नो स्टाटस मार्फत गभर्नर पौडेलले लेखेका छन्: 'पखेटा फैलाउनुस् ।' 

उनले विगत केही वर्षमा आइटी क्षेत्रले गरेको मेहनतको प्रशंसा गर्दै अर्थ मन्त्रालयले कम्पनी खोल्न सहज बनाउने, वैदेशिक लगानी (एफडीआई)मा सीमा संशोधन गर्ने र कर दर विश्वसनीय बनाउने जस्ता सुधारहरूको फलस्वरूप २ वर्षअघि करिब ४० वटा आइटी कम्पनीहरूमा वैदेशिक लगानी आएकोमा एक वर्षअघि लगभग ४०० कम्पनीहरू खुलेको उल्लेख गरे ।  

गभर्नर पौडेलले राष्ट्र बैंकमा आएपछि यी सुधारहरूलाई थप अघि बढाएको बताउँदै नेपाली निर्यातकर्ता कम्पनीहरूलाई विदेशमा एक मिलियन डलरसम्म लगानी गर्न अनुमति दिइएको र निर्यात नगर्ने कम्पनीहरूलाई पनि २० हजार डलरसम्म विदेश लगानी गर्न सहजीकरण गरिएको जानकारी दिए । 'यी सीमाहरू नतिजा हेरेर थप संशोधन गर्दै जाने कुरामा सबैलाई विश्वास दिलाउन चाहन्छु' -उनले भनेका छन् ।  

यसैगरी, वैदेशिक लगानीकर्ताहरूले पेपरवर्क धेरै भएको गुनासो गरेपछि नाफा लग्न राष्ट्र बैंकको स्वीकृति लिनुनपर्ने व्यवस्था गरिएको पनि उनले उल्लेख गरे ।  

गभर्नर पौडेलले नेपालमा २०२१ साल (सन् १९६४)मा नै वैदेशिक लगानीमा प्रतिबन्ध लगाइएको स्मरण गर्दै यी पहलहरूले देशमा दूरगामी असर पार्ने बताए । उनले युवाहरूलाई सम्बोधन गर्दै भने, 'ढुक्क भएर नयाँ प्रडक्ट निकाल्नुहोस्, विश्व बजारमा आँखा लगाउनुहोस् । पखेटा फैलाउनुहोस्, मेहनत गर्नुहोस्, नेपालबाटै जित्नलाई संसार हुनेछ । बैंकिङ क्षेत्रले तपाईंहरूको विस्तारमा सदैव साथ दिनेछ ।'

गभर्नर पौडेलको यो स्टाटसले नेपालको आइटी तथा स्टार्टअप क्षेत्रमा नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ । हालैका वर्षहरूमा सरकार र राष्ट्र बैंकले गरेको सुधारले वैदेशिक लगानी आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.