काठमाण्डौ । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले आकर्षक सुविधा रहने गरी परिमार्जित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको छ । नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै तथा नेपाली बजारमा सुन तथा चाँदी प्रतिको आकर्षण उल्लेखनीय रुपमा बढ्दै गरेको तथा सुनचाँदी गर्जो टार्ने मात्र नभई लगानीको रुपमा पनि प्रयोग गर्न सकिने विकल्पको रुपमा समेत हेरिएको वर्तमान अवस्थालाई मध्यनजर गर्दै बैंकले विशेष सुविधा सहित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको हो ।
कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिवद्धतासहित यो सुविधा बैंकले प्रदान गरिने बैंकले जनाएको छ । यस अन्तर्गत ग्राहकहरुले प्रतिस्पर्धी ब्याजदरमा नै सुनचाँदीको धितोमा कर्जा उपभोग गर्न सक्नेछन् । कुनै पनि आधिकारिक बिक्रेताहरुबाट सुनचाँदी खरिद गर्नको लागि समेत बैकले कर्जा प्रदान गर्नेछ । यो योजना अन्तर्गत कर्जाको अधिकतम सिमा रु.५० लाख हुनेछ ।
बैंकले अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्य अनुरुप हाल यो सेवा न्यूरोड (काठमाण्डौ), न्यूरोड (पोखरा), महाराजगंज, हेंटौडा, भैरहवा शाखाहरु मार्फत प्रदान गरिने उल्लेख गरेको छ ।
यद्यपी सुनचाँदी कर्जाको निवेदन जुनसुकै शाखा कार्यालय मार्फत पेश गर्न सकिनेछ । ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले भविष्यमा समेत ग्राहकहितमा केन्द्रीत रही बिभिन्न अवसर तथा चाडपर्वहरुमा नविनतम् सेवाहरू उपलब्ध गराँउदै जाने बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।