काठमाण्डौ । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले नेकपा(एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी अघि बढाएको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीलाई बयानका लागि बोलाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका हुन्। ओलीलाई कहिले बोलाइन्छ भन्ने प्रश्नमा उनले ‘प्रक्रियामै छौँ’ भन्ने संक्षिप्त प्रतिक्रिया दिए।
ओली बयानका लागि उपस्थित नभए के हुन्छ भन्ने जिज्ञासामा अध्यक्ष कार्कीले स्पष्ट जवाफ दिएनन् ।
आयोगले यसअघि जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न व्यक्तिहरूसँग सोधपुछ गरिसकेको छ। यस क्रममा पूर्व गृहमन्त्री रमेश लेखकसहित अन्य सरोकारवालाको बयान लिइसकिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।