सोमबार, श्रावण १८,२०८३ 02:23:24
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:23:24
Bizshala
Global IME Bank Limited

निफ्राले माग्यो सीईओ, कति चाहिन्छ न्यूनतम योग्यता ?

निफ्राले माग्यो सीईओ, कति चाहिन्छ न्यूनतम योग्यता ?
New Office

काठमाण्डौ । नेपालको पहिलो र एकमात्र पूर्वाधार बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि दरखास्त आह्वान खुलाएको छ । नेपाल सरकार तथा विभिन्न वित्तीय संस्थाद्वारा प्रवद्धित निफ्राले एक सूचना जारी गर्दै सीईओ पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।  

सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, फाइनान्स, मोनिटरी,अर्थशास्त्र, कर्मसी, अकाउन्टेन्सी, तथ्याङ, अकाउन्टिङ, गणित, व्यवसाय प्रशासन वा कानुनमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । अथवा कम्तीमा १० वर्ष अफिसर स्तरमा काम गरेको वा बैंकिङ अथवा वित्त क्षेत्र, सरकारी निकायहरु, निजी क्षेत्र, विश्वविद्यालय अथवा अन्तर्राष्ट्रिय निकाय वा संस्थाहरु अधिकृतभन्दा माथिल्लो तहमा काम गरेको हुनुपर्नेछ । अथवा चार्टर अकाउन्टेन्सी (सीए) अथवा व्यवस्थापन, बैंकिङ, फाइनान्स, अर्थशास्त्र, कमर्स, तथ्यांकशास्त्र, अकाउन्टिङ, गणित, बिजनेस प्रशासन तथा कानुनमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।  

यस्तै सीईओ पदका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्ड पुरा गरेको हुनुपर्ने बैंकले जनाएको छ ।  

योग्य इच्छुक आवेदकले आवश्यक कागजातसहित आगामी ५ वर्षे व्यवसायिक रणनीति कार्ययोजना समावेश गरी चैत २९ गते ५.३० बजेसम्म आवेदन दिन सक्नेछन् । सर्टलिस्टमा परेका आवेदकलाई अगाडीको छनोट प्रक्रियामा समावेश गरिने बैंकले जनाएको छ ।

यसअघिका सिइओ रामकृष्ण खतिवडाले गत माघमा राजीनामा दिइपछि निफ्राको सिइओ पद रिक्त रहेको छ । ।  अहिले सूर्यबहादुर तामाङले बैंकको निमित्त सीईओको जिम्मेवारी सम्हालिरहेका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.